प्रधानमन्त्रीले भने : ‘प्रचण्डसँग भेटेर खुसी छु’

118
  •  
  •  
  •  

काठमाडौं, १ फागुन (ओएनएस) :  प्रधानमन्त्री सुशील कोइरालले एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट भएपछि आफु उत्साहित भएको बताएका छन् ।

चौथो विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले शुक्रबार विहान संवैधानिक परिषद्को बैठकका दौरान प्रचण्डसँगको भेटबारे भने,‘प्रचण्डसँग भेटेर खुसी  छु, प्रचण्ड जी सहमतिको लागि तयार हुनुहुन्छ, केहि प्राविधिक कुरा मिलाएपछि एक–दुई दिनमा घनिभूत वार्ता सुरु हुन्छ । ’

दलहरुबीच विवाद बढ्दै जादा वार्ता हुन नसकि रहेको अवस्थामा शुक्रबार विहान संवैधानिका परिषद्को बैठक बसेको थियो । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा नेताहरुबीच संविधान निर्माण बारे छलफल भएको हो । बैठकमा सत्तारुढ दलसँग वार्ता नगर्ने अडान राख्दै आएका प्रचण्ड विपक्षी दलको नेताको हैसियतमा उपस्थित भएका थिए ।


  •  
  •  
  •