प्रधानमन्त्रीले भने : भ्रष्टाचारी नछुटुन् र निर्दाेषले सजाय नपाउन्

99
  •  
  •  
  •  

काठमाडौं, २८ माघ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्चारीलाई कारवाहिको दायारामा ल्याउनको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका छन् । बुधबार २४ औं अख्तियार दिवसको अवसरमा प्रधानमन्त्री कोइरालले अनसन्धान गर्दा व्यक्तिको प्रतिष्ठाप्रति संवेदनशिल हुँन आग्रह गर्दै भने ‘ कुनै दोषी नछुटुन् र निरपराध व्यक्ति सजायको भागी बन्न नपरोस् ।’

प्रधानमन्त्रीले आम सरोकार र जनताको बृहत्तर हितसँग गाँसिएका भ्रष्टाचारका विषयहरुलाई कारवाहीको दायरामा ल्याउन आयोगले अझ सशक्त ढंगले काम गर्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्रीले न्यायोचित, पारदर्शी र प्रभावकारी बनाउन आयोगले पर्याप्त ध्यान पु¥याउनेमा विश्वास व्यक्त गरे । प्रधानमन्त्री कोइरालालेसरकारले सुशासनलाई उच्च प्राथमिकतामा राखेको बताउँदै समाजमा सदाचारीहरुको नैतिक मनोबल गिरेको अवस्थामा अख्तियारले आदर्श व्यक्तिहरुलाई सम्मानित गरेर मनोबल उठाउन आवश्यक रहेको बताए ।

उनले भ्रष्टाचारको मूल कारण खोजेर त्यसलाई हटाउने कार्यक्रम तर्जुमा गर्न समाजमा सदाचार कायम गर्न सक्रिय अख्तियार दुरुपयोग अनुसन्धान आयोग आग्रह गरे । भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको पक्ष राष्ट्र भईसकेकाले कानुनी संरचना तयार गरी काम गर्ने वातावरण बनाउन सरकारले प्राथमिकताका साथ कार्य गर्ने पनि प्रधानमन्त्रीको भनाई थियो ।

प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण सम्बन्धी अभियानमा सरकारी निकाय, निजी क्षेत्र, नागरिक समाज लगायतको सहकार्य र साझेदारी गर्नु पर्ने बताए ।

उनले भने ‘ सबै सरोकारवाला पक्षबीचको सहकार्य प्रवद्र्धनका लागि नेपाल सरकारले समन्वयकारी भूमिका निर्वाह गरिरहेको छ । यस्तो समन्वयलाई अझ प्रभावकारी र नतिजामुखी बनाउन आगामी दिनमा थप प्रयासहरु गर्नुपर्ने मैले महसुस गरेको छु । ’


  •  
  •  
  •