केही नेताको अनावश्यक हठले सहमति भाँडियो : प्रधानमन्त्री

123
  •  
  •  
  •  

sushilकाठमाण्डौं, २७ माघ (ओएनएस) :  प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्री कोइरालाले संविधान निर्माण सहमतिमै होस भनेर आफूले अन्तिम समयसम्म प्रयास गरेको बताउदै बनिसकेको समझदारी केही नेताहरुको अनावश्यक हठले अन्तिम समयमा बिग्रिएको बताएका छन् ।

नेपाल मजदूर किसान पार्टीका तर्फबाट सभासद प्रेम सुवाल सहितका प्रतिनिधिहरुले संविधान निर्माणका अन्तरबस्तुमा सहमतिको लागि प्रस्तुत गरेको ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले आपसी सहमति र समझदारीमा नै संविधान निर्माण होस भनेर आफू गेट क्र्यास गरेर एमाओवादी नेता प्रचण्डको घरसम्म पुगेको बताए ।   एमाओवादीकै आग्रह अनुसार वार्ताको लागि सार्वजनिक आह्वान गरेको खुलासा गर्दै  उनले सबै दलहरु देश र जनताप्रति जिम्मेवार बन्नु पर्ने पनि बताए ।

प्रधानमन्त्रीको कुरा सुनेपछि नेमकिपाका सभासद् सुवालले नेपाली जनताले लामो संघर्ष गरेर हासिल गरेका संघीयता,गणतन्त्र र समावेशिता जस्ता ऐतिहासिक उपलब्धि रक्षा गर्न संविधानसभाबाटै संविधान निर्माण गरी जारी गर्न आवश्यक भएको बताए ।


  •  
  •  
  •