आन्दोलन छाडेर वार्ताको टेवुलमा बसौं : प्रधानमन्त्री

339
  •  
  •  
  •  

koirala
koirala

काठमडौं १६ माघ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले वार्तामा आएर समस्याको समाधान खोज्न विपक्षी दलहरुलाई आग्रह गरेका छन् ।  आन्दोलन र संघर्षबाट समस्या समाधान नहुने भन्दै प्रधानमन्त्रीले संविधान निमार्णमा सहयोग गर्न संविधानसभामा र बाहिर रहेका सबै राजनीतिक दलसमक्ष आग्रह गरे । सहिद दिवसका अवसरमा प्रधानमन्त्रीले शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कोइरालाले अहिलेसम्मका आन्दोलन र सङ्घर्षबाट प्राप्त गरेका अधिकारलाई संस्थागत गर्ने सङ्घीय  संविधान बनाउन सबैको सहयोग आवश्यक परेको बताएका छन् ।

आपसी सहकार्य, मेलमिलाप र एकताको भावनाले प्रेरित भएर सहिदकोे सपना साकार पार्ने अभियानमा हातेमालो गर्दै अघि बढ्न आह्वान गर्दछु, प्रधानमन्त्रीद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीले सहिद दिवसले देशको शान्ति, विकास र समुन्नत भविष्य निर्माणमा सबैलाई समर्पित हुने प्रेरणा देओस् भन्दै सहिदको सपना साकार पार्न समर्पित सबै नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना गरेका छन् ।

सन्देशमा भनिएको छ–“सहिद दिवस २०७१ का अवसरमा देशको अस्तित्व रक्षा र जनताको हकहित, अधिकार र स्वतन्त्रताका निम्ति आफ्नो जीवन आहुति दिने महान् सहिदको बलिदानको श्रद्धापूर्वक स्मरण गर्दै सम्पूर्ण ज्ञातअज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु । ”


  •  
  •  
  •