वार्ता र संवादबाट विवादको अन्त्य : प्रधानमन्त्री

142
  •  
  •  
  •  

sushil-koiralaकाठमाडौ, १४ माघ (ओएनएस) : विपक्षी दल एमाओवादीले वार्तामा बस्न अस्वीकार गरिरहेको बेला प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको विषयका विवाद वार्ताबाट अन्त्य गरिने बताएका छन् ।

नेपाली काँग्रेसले ७५ वटै जिल्ला सचिवको लागि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरिएको चियापान कार्यक्रममा प्रधानमन्त्री कोइरालाले विपक्षीहरुसँग संवादबाट सहमति गरिने बताएका हुन् ।

उनले संविधानको विवादित विषयहरु शासकीय स्वरुप, न्यायप्रणालीमा काँग्रेसले लचकता अपनाएको भन्दै विपक्षी मोर्चालाई पनि आफ्ना एजेण्डमा लचिलो हुने आग्रह गरे ।

प्रधानमन्त्रीले अहिले आन्दोलन नभई विकास गर्ने बेला भएको बताउँदैआन्दोलनले विकासको सम्भावना गुम्ने भन्दै विपक्षीलाई आन्दोलन छाडेर वार्तामा आउनसमेत आग्रह गरे ।


  •  
  •  
  •