प्रधानमन्त्री सम्पर्क सुत्र मार्फत वार्ता गर्ने

249
  •  
  •  
  •  

congressकाठमाडौं १२ माघ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले आजदेखि विपक्षी मोर्चासँग वार्ताको प्रयास थाल्ने भएका छन् । विपक्षी मोर्चाले पहजोको प्रक्रियासँगै वार्ता नगर्ने घोषण गरेपछि सरकारका तर्फबाट वार्ताको प्रयास गर्ने तयारी भएको छ । एमालेलगायत बहुमतीय प्रक्रियाका आधारमा संविधान निर्माण गर्ने पक्षका १२ दलले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको एमाओवादी-मधेसी मोर्चाको गठबन्धनसँग वार्ता गर्ने जिम्मा प्रधानमन्त्री सुशील कोइरालालाई दिएको छ।

प्रत्यक्ष वार्तामा विपक्षी मोृर्चा तत्काल आउने सम्भावना नभएपनि विकल्प र सुत्रमार्फत पहिलो चरणमा वार्ता सुरु हुनेछ । पहिलो चरणमा आन्तरिक छलफल गरेर अप्रत्यक्ष रुपमा भएपनि वार्ता गर्ने उनको सचिवालयले जनाएको छ ।

बैठकले संविधानका विवादित विषयहरूमा बहुमतका आधारमा निर्णय गरी प्रक्रिया अघि बढाउने संविधानसभाको निर्णयलाई सकारात्मक रूपमा लिएको छ। आज सत्ता गठबन्धनको बैठक फेरि बस्नेछ । दिउँसो ४ बजे पुनस् सत्ता गठबन्धनको बैठक बोलाइएको छ । बैठकमा अबको रणनीति र विपक्षीलाई विश्वासमा ल्याउने उपायका विषयमा छलफल हुनेछ ।


  •  
  •  
  •