देशवासीको नाममा सम्वोधन गर्दै प्रधानमन्त्रीले भने : एक भएर संविधान बनाऔं

424
  •  
  •  
  •  

sushil-koiralaकाठमाडौं, ९ माघ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले देशवासीको नाममा सम्वोधन गर्दै सबै मिलेर संविधान बनाउन आग्रह गरेका छन् ।

शुक्रबार साँझ देशवासीको नाममा सम्वोधन गरेका कोइरालाले आपसी मनमुटाव गरेर देशको हित नहुने बताउँदै जनतालाई निराश नपार्न विपक्षीलगायत सबैलाई आग्रह गरेका छन् ।

अहिलेसम्म उपलब्धिलाई मिलेर नै संस्थागत गरौं भन्ने भावनालाई केही दलले कमजोरीको रुपमा लिएको बताए । उनले आपसि मेलमिलाप र सहकार्यको प्रयासलाई नछोडेको बताउँदै सहकार्य गर्दै अघि बढ्न आफु प्रयत्नशील भएको बताए ।

बाचा गरिएको मिति माघ ८ मा संविधान नआएको माफि माग्दै उनले संविधानसभाबाट छिट्टै लोकतान्त्रीक संविधान जारी हुने बताए । मुलुकले धान्न सक्ने र सामाजिक एकता कायम हुने गरी प्रदेश बनाउनु पर्ने उनको भनाई थियो ।

संविधानसभामा उत्तेजनात्मक गतिविधि र तोडफोड गरिएकाले प्रतिवद्धता पूरा नभएको बताएका प्रधानमन्त्तीले सहमति गर्ने सहमति गर्नुपर्छ भन्ने आफ्ना धारणालाई विपक्षीले कमजोरीको रुपमा ल्एिको बताए ।

प्रधानमन्त्रीले संविधानसभाका दलहरुले संविधानसभाको बिरोधि दलहरुसँग सहकार्य गर्दै बन्द हड्तालमा जाँदा संविधान निर्माणमा धक्का लागेको बताए । संविधान निर्माण्ँमा सकारात्मक संकेत हुँदा नेपालमा लगानीको वातावरण बन्दै आर्थिक विकास हुने बताउँदै सहमतिमा आउन सबैलाई आग्रह गरे ।


  •  
  •  
  •