प्रधानमन्त्रीले भने : ‘देशमा अभावै अभाव छ, कसरि विकास हुन्छ’

85
  •  
  •  
  •  

रुपन्देही, माघ १ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालले देशमा अभावै आभव भएको गुनासो गर्दै देशले प्रगती गर्न नसकेको बताएका छन् । बिहीबार भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्दै प्रधानमन्त्रीले मुलुकमा स्थायीत्व नभएकाले विकास जनताले देख्नै नपाएको र अभावमा पिल्सिनु परेको तीतो पोखे ।

‘मुलुकमा शान्ति छैन, अमन–चयन छैन, स्थायीत्व छैन, दिगो राजनितीको अभाबमा देशले विकाश गर्न सकेको छैन, देशले संघर्षै–संघर्ष काटेको छ, त्यसैले देश पछाडी परेको हो । ’ प्रधानमन्त्री कोईरालाले भने । विकास देख्नै नपाएको र अभावमै पिल्सिनुपरेको तितो पोख्दै कोइरालले भने ‘प्रकृतिले धनी छौं, प्रशस्त श्रोत साधन छन्, तर विकास हुन सकेन ।’

नयाँ संविधान जारी गरेर स्थायित्व कायम गरेपछि विकासको लहर आउने दाबी गर्दै विकासका लागि शान्ति अपरिहार्य भएकाले शान्ति स्थापनाका लागि सबैले ध्यान दिनुपर्ने उनको जोड थियो । प्रधानमन्त्री कोईरालाले आगामी माघ ८ गते सहमतिमा संबिधान जारी सहमति हुन नसके प्रक्रियामा जानुको बिकल्प नभएको बताए । उनले सहमतिमा पनि नआउने प्रक्रियामा पनि नजाने एमाओवादी नेतृत्व मोर्चाको काम उचीत नभएको समेत बताए । कोईरालाल दुबै पक्षले बराबर जितको अबस्थामा संबिधान जारी गर्नुपर्ने समेत बताए ।

कोईरालाले भैरहवामा अन्तराष्ट्रिय बिमानस्थलको निमार्णले मुलुकमा आर्थिक बिकासको ढोका खुलेको समेत बताए । गौतमबुद्ध बिमानस्थलले पनि देशको पर्यटन र पूर्वाधार विकासमा मद्दत पुग्नुका साथै रोजगारीका अवसर सृजना गर्ने दाबी गर्दै उनले निर्धारित तीन बर्षभित्र बिमानस्थलको काम सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्न निर्माण कम्पनीलाई अनुरोध समेत गरे ।

चिनिया कम्पनी नर्थवेष्ट सिभिल एभियसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले यसको निर्माणको जिम्मेवारी ग्लोवल टेण्डरबाट पाएको छ । निर्माण कार्य सन् २०१७ डिसेम्वरमा सम्पन्न गर्नुपर्ने सर्त छ । अनुमानित लागत रु.६ अर्व २२(६.२२ विलियन) करोड छ । निर्माता कम्पनीले यसको लागत रु.६ अर्व ३० करोड (६.३०विलियन) अनुमान गरेको छ ।

लगानीकर्ता एशियाली विकास बैंक(एडीबी), पेट्रोलियम पदार्थ विक्रेता राष्ट्रहरुको समूह ओपेकको अन्तराष्ट्रिय सहयोग नियोग(ओएफआइडी) र नेपाल सरकार रहेका छन् । यसका लागी एडीबीले ५८.५० मिलियन डलर र ओएफआइडीले १५ मिलियन डलर ऋण एवं अनुदान उपलब्ध गराउने भएका छन् । आंशिक योगदान निर्माता कम्पनीले पनि गर्ने भएको छ ।

स्तरोन्नतीपछि यो विमानस्थल तिनहजार मिटर रनवे क्षमताको हुनेछ । २०१८ मा व्यावसायीक संचालनपछि स्वदेशी र विदेशी गरी वार्षिक साढेचारलाख पर्यटकले लुम्विनी भ्रमण गर्ने सर्वेक्षण छ । क्रमशः १० वर्षमा यो संख्या बढेर दशलाख पुग्ने सर्वेक्षण छ । सन् २०३० मा दोस्रो चरणको विस्तार गरी वार्षिक ६० लाख पर्यटकको भार थेग्नसक्ने बनाउने योजना पनि छ ।

पहिलो चरणमा नयाँ रनवे, निकास, समानान्तर ट्याक्सी मार्ग र पैदल मार्ग, एयरक्राफ्ट पार्किङ, ढल, सुरक्षा पर्खाल, घाघरा खोलाको डाइभर्सन आदि पूर्वाधार निर्माण गरिने छ । १० वर्षपछि गरिने दोस्रो चरणको स्तरोन्नती पछि वार्षिक ६० लाख पर्यटक धान्न सक्नेछ ।


  •  
  •  
  •