प्रधानमन्त्रीले ‘व्यस्त छु’ भनेपछि विकास समस्या समाधन समितिको बैठक अन्योलमा

56
  •  
  •  
  •  

काठमाडौ, २७ पुस (ओएनएस)  : आइतबार राष्ट्रिय योजना आयोगको सभाहलमा राष्ट्रिय विकास समस्या समाधन समितिको बैठक बोलाइएको थियो ।

प्रधानमन्त्री अध्यक्ष हुने उक्त समितिको सदस्यमा सबै मन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव लगायतका हुन्छन् ।

बिहान १० बजे नै बेठक बोलाइएको थियो । सबै मन्त्रीहरु पुगिसकेका थिए । ११ बजे प्रधानमन्त्री सुशील कोइराला आइपुगे । आउने वित्तिकै संविधानका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भन्दै बैठक स्थगित भएको जानकारी दिए ।

सम्बन्धित मन्त्रालयले योजना आयोगसँग समन्वय गर्ने, विकासको गति, ठूला आयोजनाका विषयमा छलफल गर्ने मुख्य समिति हो ।

समितिको प्रत्येक ४–४ महिनामा बैठक बस्छ । आइतबारको बैठक स्थगन भएपछि समितिले आगामी बैठकबारे अन्यौल छ ।

राष्ट्रिय विकास समस्या समाधन समितिमा मन्त्रालयहरुले मंसिर मसान्तसम्म गरेको विबरण पेश गर्नुपर्ने भएपनि पुस मसान्त लाग्दा समेत बैठक अन्योलमा छ । जसले गर्दा विकास निर्माणको प्रक्रियामा प्रत्यक्ष असर गर्नेछ ।


  •  
  •  
  •