प्रधानमन्त्री कोइराला स्वास्थ्य परिक्षण गरिदै

271
  •  
  •  
  •  

काठमाडौं ५ असार (ओएनएस) :  प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य परिक्षण आज गरिने भएको छ । उपचारका लागि ३ गते राती अमेरिका जानुभएका कोइरालाको अमेरिकाको म्यानहाटस्थित मेमोरियल सोलन केटरिङ क्यान्सर सेन्टरमा उपचार हुनेछ । कोइरालाको फोक्सोमा देखिएको दागका विषयमा परिक्षण हुने उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकको टोलीले काठमाण्डु बाहिरको अस्पतालमा उपचारका लागि सिफारिस गरेको थियो । प्रधानमन्त्री कोइरालाका साथ उहाँका निजी चिकित्सक प्राध्यापक डाक्टर करविरनाथ योगी, नातेदार मृदुला कोइराला र अतुल कोइराला, कर्णेल प्रकाश देउजा सहभागी हुनुहुन्छ । केही वर्षअघि कोइरालाको जिब्रोको क्यान्सको उपचारमा पनि त्यसै अस्पतालमा गरिएको थियो ।


  •  
  •  
  •