काठमाण्डौं ,२५पुस (ओएनएस) प्रधानमन्त्री सुशील कोइरालाले कर्मचारीहरुलाई मुलुकलाई बरवाद हुन नदिने अवस्था सिर्जना गर्न अनुरोध गरेका छन् ।
शुक्रबार बिहान बालुवाटारमा सार्वजनिक खरिद अनुगमन कार्यालयको बार्षिक प्रतिबेदन बुझ्दै प्रधामन्त्री कोइरालाले भने ‘मुलुक बरबाद हुन नदिनुहोस्, बचाउनुहोस्। अनियमितता देखिए कारबाही गर्नुस । मिलेर खाने अवस्था सिर्जना हुनै नदिनुहोस ।’
प्रधानमन्त्री कोइरालाले आफू सरकारमा आएको पनि करिब १ बर्ष भैसकेको अघि भने ,“ मैले सरकारको नेतृत्व सम्हालेको दिनदेखि सुशासन भनेको छु तर भ्रष्टाचार झन बढेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले झन बढी भ्रष्टाचार भयो भनेको छ । जे गरेपनि नहुने स्थिति रहेछ । वितेको एक बर्षमा १ जनालाई पनि कारबाही भएन । भ्रष्टाचार गर्नेले गरेकै छ । अनियमितता गर्नेले गरेकै छ ।”
प्रधानमन्त्री कोइरालाले कर्मचारीहरुको कार्यशैली प्रति पनि असन्तुष्टी जनाए । उहाँले कर्मचारीहरुबाट समेत भ्रष्टाचार रोक्न सहयोग नपाएको बरु कतिपय अवस्थामा भ्रष्टाचारमा साथ दिएको गुनासो आएको पनि बताए ।
प्रधानमन्त्री कोइरालाले कर्मचारीहरुलाई पार्टी पार्टीमा विभक्त भएर काम गर्ने अवस्थाको अन्त गर्नुपर्ने आवश्यकता औल्याए । प्रधानमन्त्री कोइरालाले कर्मचारीलाई मुलुक बनाउन सुझाव दिदै व्यक्तिगत चाकडी नगर्न पनि आग्रह गरे । ‘ सबै मिलेर मुलुक बनाऔं, हामीले पाएको दुःख भावि सन्ततिले नपाउन् ” ।
उनले खरिद ऐनका प्रावधानहरुलाई तोडमोड गरी ठेक्का पट्टा भएको उल्लेख गर्दै ठेक्कापट्टामा तोडमोड गर्ने काममा परामर्शदाताहरुको भूमिका संदेहास्पद देखिएको बताए । ठेक्कापट्टाका सन्दर्भमा पुनरावेदनको प्रकृयामा नजानुको कारण खोज्न आग्रह गर्दै उजुरी गर्दा पनि ठूलो रकम धरौटी राख्नु पर्ने व्यवस्थाले समस्या सिर्जना गरेको बताए ।