संविधान जारी गर्न सबै दलबीच मेलमिलाप आवश्यक : प्रधानमन्त्री

549
  •  
  •  
  •  

#( cf}+ /fli6«o d]n ldnfk lbj;sf] cj;/df /fhwfgLdf cfof]lht g]tfx?काठमाडौँ, १६ पुस (ओएनएस) : नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले माघ ८ मा संविधान जारी गर्न दलहरुबीच मेलमिलाप आवश्यक रहेको बताएका छन् ।

काँग्रेसले आफ्ना नेताहरू २०३३ सालमा राष्ट्रियता जोगाउन मेलमिलापको नीति लिएर भारत प्रवासबाट स्वदेश फर्कनुभएको दिन पुस १६ गतेको स्मरण गर्दै बुधबार केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति तथा प्रधानमन्त्री कोइरालाले संविधान ल्याउनको लागि अहिले पनिले मेलमिलाप नीति सान्दर्भिक भएको बताए ।

उनले कुनै पनि हालतमा संविधान माघ ८ भित्रै आउने प्रतिबद्धता दोहो¥याउँदै दलहरुले छलफल गरेर सबैलाई विजयको महसुस हुने गरी संविधान जारी गर्न केही दिने र लिनेमा दलहरु लचक हुनुपर्ने बताए ।
आफ्नो पार्टी महामानव विश्वेश्वरप्रसाद कोइरालाले प्रतिपादन गरेको राष्ट्रिय एकता र मेलमिलापको नीतिअनुसार नै अघि बढिरहेको कोइरालाको भनाई थियो ।

विपीको मेलमिलापको नीतिमै टेकेर स्वर्गीय गिरिजाप्रसाद कोइरालाले १० वर्षसम्म हतियारको राजनीति गर्दै आएका माओवादीलाई मूलधारको राजनीतिमा ल्याएको प्रसङ्ग उल्लेख गर्दै उनले अहिले निर्धारित समय मै संविधान जारी गर्न पनि सबै दलबीच मेलमिलाप आवश्यक रहेकोमा जोड दिए ।
प्रधानमन्त्री कोइरालाले संविधान नआए मुलुकमा अनर्थ हुने बताउँदै राजनीतिक स्थिरता ल्याउन र मुलुकको समृद्धिका लागि काँग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताए ।

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल उपस्थित नभएको प्रसङ्ग उल्लेख गर्दै उनलेले संविधान निर्माणको गम्भीर घडीमा नेताहरुलाई बाहिर कार्यक्रममा नजान आग्रह गरे ।


  •  
  •  
  •