प्रधानमन्त्रीले प्रहरी प्रमुखलाई भने ‘आर्थिक चलखेल अन्त्य गर्नुहोस् ’

214
  •  
  •  
  •  

काठमाडौं, २५ मंसिरPm shushil (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले प्रहरी भित्र हुने आर्थिक चलखेल अन्त्य गर्न निर्देशन दिएका छन् । उनले प्रहरी सेवा भित्र सरुवा, भर्ना, बढुवामा ठूलो आर्थिक चलखेल हुने गरेको सूचना आएकाले त्यसलाई तत्काल अन्त्य गर्न प्रहरी अधिकारीहरुलाई निर्देशन दिए ।

देश भरीका बरिष्ठ प्रहरी अधिकारीहरुको राष्ट्रिय सम्मेलनको बिहीबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालाले प्रहरी संगठनको छवि उच्च बनाउन आर्थिक चलखेलको विषयलाई अन्त्य गर्नुपर्ने बताए । ‘प्रहरी संगठनभित्र सरुवा, भर्ना र बढुवामा आर्थिक चलखेल हुने गरेको कुरा बाहिर आएको छ । ’ प्रधानमन्त्रीले भने, ‘ आर्थिक चलखेल र लेनदेन सुरक्षा निकायलाई बदनाम बनाउँछ त्यसलाई तत्काल अन्त्य गर्नुहोस् । ’ सक्षम, ईमान्दार र योग्य ब्यक्तिले उचित ठाउँ पाउने पनि उनले बताए ।

दुर्घटनामा चासो

देशभर भइरहेका दुर्घटनाका विषयमा प्रधानमन्त्री कोइरालाले चासो राखेका छन् । उनले प्रहरीका कारण हुने दुर्घटना तत्काल अन्त्य गर्न पनि निर्देशन दिए । सडक दुर्घटना रोेक्न किन सफल भएको भनि प्रहरीका अधिकारीहरुसँग प्रश्न प्रधानमन्त्रीले भने, ‘ प्रहरीको लापरवाहीले पनि दुर्घटना भएकोले यसलाई रोक्न लाग्नुहोस् । प्रधानमन्त्री कोइरालो बढी चढेकालाई उतार्नु र थोत्रो बस, बढी यात्रु र चालकको लापरबाहीलाई कडाई गर्न आग्रह गरे । उनले बसवालाको बढी पैसा असुल्ने प्रवृत्तिलाई पनि निगरानी गर्र्नुपर्ने बताए ।

प्रहरी अधिकारीलाई राजनीतिक बारे जानकारी

प्रधानमन्त्री कोइरालाले देशको राजनीति बारे पनि प्रहरी अधिकारीलाई जानकारी दिएका छन् । दलहरुवीच सकारात्मक छलफल जारी रहेकोले माघ ८ गतेभित्रै संविधान आउने प्रधानमन्त्रीको विश्वास छ । भारतसँग पीडीए र पीटीए भईसकेकोकाले अब देशले आर्थिक गति लिने पनि उनले बताए ।

उपप्रधान तथा गृहमन्त्री बामदेब गौतमले भने उद्घाटनका क्रममा प्रहरी अधिकृतको प्रशंसा गरे । उनले प्रहरी सक्षम भएपनि उनीहरुको मुल्याङकन नभएको बताए । गृहमन्त्रीले प्रहरीलाई अब परिमार्जन गर्दै लैजानुपर्ने पनि बताए । ‘नेपाल प्रहरीलाई समयानुकुल परिवर्तित र बलियो बनाउनुपर्नेछ गौतमले भने ‘कसैलाई पनि काँखा र पाँखा नगर्ने विषयमा म प्रतिबद्धता व्यक्त गर्न चाहान्छु । ’ प्रहरी जनताको सेवामा आधारिक संगठनभएकोले यसको विकासको लागि प्रहरी विश्व विद्यालयको आवश्यकतामा भएको पनि उनले बताए ,।

प्रहरी सक्षम छ : अर्याल

प्रहरी महानिरिक्षक उपेन्द्र कान्त अर्यालले प्रहरीलाई सक्षम बनाउन बजेटको अभाव भएको बताए । उनले आबश्यक बजेट उपलब्ध गराई दिन आग्रह गरे । ‘ समग्रमा प्रहरी संगठनको लागि बजेट बढाईनु गर्छ त्यसले पनि प्रहरी सेवा सुधारमा समस्या देखिएको छ’ उनले भने ।

अर्यालले प्रहरी संगठनभित्र अब पैसाको चालखेल अन्त्य हुने भन्दै भ्रष्टाचार निमुल पार्ने अभियान अघि बढाउँने प्रतिबद्धता ब्यक्त गरे । उनले सडक दुर्घटना अन्त्य गर्न ऐन परिवर्तन गर्नु पर्ने आवश्यकतामा जोड दिदै ऐनको कारण दुर्घटना बढेको बताए । भोलीसम्म चल्ने सम्मेलनमा बरिष्ठ प्रहरीहरुले पेशागत सुधार लगायतको विषयमा कार्यपत्रहरु प्रस्तुत गर्नेछन् ।


  •  
  •  
  •