काठमाडौं १२ मंसिर (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले उद्यमीहरुलाई ढुक्क भएर नेपालमा लगानीको निम्ति आग्रह गरेका छन् । शुक्रबाबिहान प्रधानमन्त्री निवास बालुवाटारमा सार्क चेम्बर्स अफ कमर्श एण्ड इण्ड्रष्ट्रिजका पदाधिकारीहरुसँगको भेटमा प्रधानमन्त्री कोइरालाले भने “नेपालमा लगानी अनुकूल वातावरण बनेको छ,” प्रधानमन्त्री कोइरालाले भन्नुभयो,“तपाईहरु निर्धक्क भएर लगानी गर्नुहोला ।”
प्रधानमन्त्री कोइरालाले नेपालले हालै भारतसंग गरिएको विद्युत व्यापार संझौता तथा माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाका विकासकहरुसंग सम्पन्न आयोजना विकास संझौतालाई संकेत गर्दै भने ,“हामीले भर्खर शुरुआत गरेका छौ।” उनले नेपालमा विकास प्रकृयाको थालनीमा रहेको बताउदै भने ,“ हामीले विकासको त मुखै देख्न पाएनौ ।
६ दशकभन्दा बढीको समयदेखि खाली प्रजातन्त्रको स्थापना,पुनस्थापना र विकासको लागि संघर्ष गर्दागदै विकासमा ध्यान पुगेन ” । उनले मुलुकमा शान्ति र स्थायित्व कायम हुदै गएकोले लगानीका लागि विश्वसनीय आधार बनेको पनि बताउनु बताए ।
प्रधानमन्त्री कोइरालाले नेपाल प्राकृतिक स्रोतमा धनी भए पनि यसको सदुपयोग गर्न नसकेको बताउदै अब जलस्रोत,कृषि,पर्यटन र जडिबुटी उत्पादन र प्रशोधनका क्षेत्रमा लगानी हुने विश्वास ब्यक्त गर्नु भयो ।
सो अवसरमा सार्क चेम्वर अफ कमर्स एण्ड इण्डष्ट्रिजका अध्यक्ष सुरज बैद्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे, सार्क चेम्बरका ज्ञानेन्द्रलाल प्रधान,युवा उद्यमी सौरभ ज्योति, शंकर पाण्डे, प्रवीना पाण्डे,समीर थापा लगायत सार्क च्याम्बरमा आबद्ध बंगलादेश,भुटान र पाकिस्तान च्याम्बर अफ कमर्शका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
सो अवसरमा सार्क क्षेत्रका उद्यमीहरुले प्रधानमन्त्री कोइराला सार्कको अध्यक्ष हुनुभएको र सार्कको १८ औं सम्मेलनसफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री कोइरालालाई बधाई ज्ञापन गर्नुभएको थियो । उहाँहरुले सार्क क्षेत्रमा ऊर्जा सहयोगका सम्बन्धमा भएको संझौताको स्वागत गर्दै यसले आर्थिक विकासलाई सघाउने बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले सार्क मुलुकमा कनेक्टिभिटी सुरुआत भएको र छिटै सडक यातायात र रेल यातायात संझौता हुने विश्वास पनि व्यक्त गर्नुभएके थियो ।