क्षेत्रीय विकासको लागि एकता : प्रधानमन्त्री कोइराला

343
  •  
  •  
  •  

प्रधानमन्त्री सुशील कोइरालाले दक्षिण एसियाली मुलुकहरुको शान्ति र समृद्धिको लागि एकताबद्ध भएर काम गर्नुपर्ने बताएका छन् । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङगठन (सार्क)को १८ औं शिखर सम्मेलनको समापन सत्रअन्तर्गत राष्ट्रिय सभागृहमा कोइरालाले सफलतापूर्वक सम्मेलन सम्पन्न गर्न पाएकामा खुसि भएको बताए ।

उनले नेपाल सरकार र नेपाली जनताका तर्फबाट सम्मेलन सफल बनाउन सघाउने सबैमा प्रशंसा र आभार प्रकट गर्दै सार्कको कार्यसूची अभिवृद्धिको लागि नेपाल अध्यक्ष मुलुकका हैसियतले निरन्तर समन्वय गर्न तयार रहेको विश्वास दिलाए।
प्रधानमन्त्री कोइरालाले सम्मेलनका अवधिमा भएका सम्झौता, छलफल, रिट«िट कार्यक्रम र अन्य भेटघाटले सदस्य मुलुकका बीचमा आपसी सद्भाव , भाइचारा, एकता र पारस्परिक सम्बन्धमा बढावा मिलेको बताए।

सार्क मुलुकको जनस्तरको सम्बन्ध विस्तार तथा आथिर्क विकास एवं व्यापार वृद्धि र समृद्धिका लागि साझा लक्ष्य लिएर एकताबद्ध रुपमा अघि बढ्नु पर्ने बताए । सार्कको भूमिका सामाजिक र विकासमूलक कार्यसूचीलाई अगाडि बढाउन तथा पारस्परिक लाभ बढाउन केन्द्रीत हुनुपर्ने भन्दै प्रधानमन्त्रीले सार्क मुलुकका जनचाहनाअनुसार सार्कलाई परिणाममुखी बनाउन पर्यवेक्षक सदस्यहरुको सहयोग लिएर अघि बढ्ने बताए ।

सार्कमा प्रशस्त स्रोतका सम्भावनालाई ध्यानमा राखेर गरिबी निवारण, कुपोषण, पछौटेपनजस्ता समस्याको समाधान गर्न सामूहीक एकता हुनुपर्ने बताए । उनले आगामी १९ औं शिखर सम्मेलन आयोजनाको जिम्मेवारी लिएकामा पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफप्रति आभार पनि व्यक्त गरे।


  •  
  •  
  •