प्रधानमन्त्रीले आज राष्ट्रसंघको महासभालाई सम्वोधन गर्ने

85
  •  
  •  
  •  

काठमाडौं, १० असोज (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालले आज संयुक्त राष्ट्र संघको महासभालाई सम्वोधन गर्ने कार्यक्रम छ । संयुक्त राष्ट्र संघको ६९ औ महासभामा सहभागी हुन अमेरिकामा रहेका प्रधानमन्त्री कोइरालाले आज सम्वोधन गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि महासभामा भाग लिने सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा महासचिव मुन र अमेरिकी राष्ट्रपति बाराक ओवामाले आयोजना गर्ने स्वागत समारोहमा प्रधानमन्त्री कोइराला सहभागी भइसकेका छन भने अमेरिकामा रहेका नेपालीहरुसँग पनि भेट गरिसकेका छन् ।

प्रधानमन्त्री कोइरालले प्रधानमन्त्री कोइरालले अमेरिकामा रहेका नेपालीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री कोइरालले शनिवार राष्ट्रसंघका महासचिव वान कि मुनसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको ।

अमेरिका नै रहदा आफ्नो स्वास्थ्य परिक्षण पनि गरेर असोज १६ गते कोइराला भ्रमणका अरु प्रतिनिधिमण्डलसँग नेपाल फर्कने कार्यक्रम छ ।


  •  
  •  
  •