मध्यपूर्व र अफ्रिकामा रहेका नेपाली कामदार बारे प्रधानमन्त्रीको चासो

105
  •  
  •  
  •  

काठमाडौं ४ असोज (ओएनएस) : सयुक्त राष्ट्रसंघको महासभाका लागि अमेरका प्रस्थान गरेका प्रधानमन्त्री सुशील कोइरालाले आज मध्यपूर्व र दक्षिण एसियाका नेपाली कुटनीतित्रसँग छलफल गर्दैछन् । युएईको अवुधाबीमा रहेको नेपाली राजदूताबासमा हुने छलफलमा उनले मध्यपूर्व पश्चिम एशिया र उत्तरी अफ्रिकामा रहेका नेपालीको अवस्था बारे जानकारी लिनेछन् । छलफलमा कुटनीतिक नियोगका प्रमुखहरुले प्रधानमन्त्री कोइरालालाई आ–आफ्नो कार्यक्षेत्रको बारेमा जानकारी गराउने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

नेपालीहरुका लागि आकर्षक श्रम गन्तव्यका रुपमा रहेको मुलुकमा नेपाली कामदारको अवस्था र सरकारले गर्न सक्ने पहलका विषयमा प्रधानमन्त्री कोइरालले त्याहाका राजदुतहरुसँग परामर्स पनि लिन लागेका हुन् । भोलि बिहान विहान प्रधानमन्त्री सहितको प्रतिनिधि मण्डल न्यूयोर्क पुग्नेछ भने आगामी शुक्रबार संयुक्त राष्ट्रसंघको महासभालाई प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री सहितको नेपाली प्रतिनिधि मण्डल असोज १६ गते नेपाल फर्कने छ ।


  •  
  •  
  •