प्रधानमन्त्री कोइराला आज अमेरिका जादै

465
  •  
  •  
  •  

काठमाडौं २ असार (ओएनएस) : प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारका लागि आजअमेरिका जाने भएका छन्। जिब्रोको क्यान्सरबाट पीडित प्रधानमन्त्री कोइरालाको फोक्सोमा पनि शंकास्पद कालो दाग देखिएपछि सुविधासम्पन्न अस्पतालमा उपचार गराउन चिकित्सकहरूकै सल्लाहअनुसार उनी अमेरिका जान लागेका हुन् ।

आज साँझ ८ बजे अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री कोइरालाका साथ उनका निजी चिकित्सक प्राडा करवीरनाथ योगी, नातेदार मृदुला कोइराला र अतुल कोइराला, सुरक्षा गार्ड कर्णेल प्रकाश देउजा जाने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले बताएको छ।

प्रधानमन्त्री कोइरालाको यसअघि जिब्रोको शल्यक्रिया अमेरिकाको न्युयोर्क एभिन्युस्थित केटरिङ क्यान्सर सेन्टरमा भएको थियो । त्यसपछि बर्सेनि कोइराला फलोअपका लागि जाने गर्दथे । यसपालि पनि उपचार गर्न त्यहीं जान लागेको उनको सचिवालयले जनाएको छ । पाँच गते उपचार हुने भएपनि फर्किने समय तय भइसकेको छैन ।


  •  
  •  
  •