प्रधानमन्त्री कोइराला आज न्यूयोर्क जादै

86
  •  
  •  
  •  

काठमाडौं ३ असोज (ओएनएस) :
प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघिय महासभामा भाग लिन आज न्यूयोर्क जादैछन् ।  उनी संयुक्त राष्ट्रसंघको ६९ औ महासभामा सहभागी हुन २१ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै अमेरिका जान लागेका हुन् । महासभामा नेपालबाट १५ र न्यूयोर्क तथा जेनेभानियोगबाट छ जना सदस्य सहभागि हुनेछन् ।

उनले न्यूयोर्क जाने क्रममा युनाईटेड अरब इमिरेट्सको अबुधावीमा अरब मुलुकमा रहेका नेपालका राजदूत तथा कार्यबाहकहरुलाई बोलाएर त्यहाको समस्या बुझ्ने र निर्देशन दिने कार्यक्रम छ ।

सम्वोधन कार्यक्रम शनिबारको लागि अबुधावी स्थित नेपाली दूतावासले तयारी गरेको छ ।  प्रधानमन्त्री कोइराला नेतृत्व टोली अबुधावीमा संवोधन गरेर सोही दिन न्यूयोर्कप्रस्थान गर्नेछन् । आइतबार न्यूयोर्क पुग्ने र सोमबार स्वास्थ्यको परिक्षण गराएर उनी राष्ट्रसंघको बैठकहरुमा सहभागी हुनेछन् ।

माहासभामा असोज १० गते विश्व समुदायलाई सम्वोधन गर्दै उनले त्यस्तो बताउन लागेका हुन। उनले राष्टसंघमा विश्व राजनीतिक परिवेशको बारेमा नेपालको धारणा समेत राख्ने भएका छन् । उनले त्यहाँ राष्टसंघ महासचिव बान कि मुनसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीले दक्षिण एसियाका राष्ट्र एवं सरकार प्रमुखहरुसंग पनि साइडलाइनमा भेट्ने कार्यक्रम छ । उनका साथमा  परराष्टमन्त्री पाण्डे, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई, परराष्ट्रका कामु सचिव शंकरदाश बैरागी, राष्ट्रसंघ महाशाखा प्रमुख दिपक धिताल, शिष्टाचार महापाल, केही परराष्ट अधिकारी, चिकित्सक र सुरक्षा रहनेछन ।


  •  
  •  
  •