खुलामञ्च पुगेर श्रद्धाञ्जलि दिए प्रधानमन्त्रीले

288
  •  
  •  
  •  

काठमाडौँ, ३० भदौ (ओएनएस) : पेरिसडाँडामा श्रद्धाञ्जलि दिन नपाएका प्रधानमन्त्री सुशील कोइरालाले खुलामञ्च पुगेर बोगटीको पार्थिव शरिरमा पृष्पगुच्छा चढाउँदै भावपूर्ण श्रद्धाञ्जली दिएका छन् ।
यसअघि सोमबार बिहान एनेकपा (माओवादी)को केन्द्रीय कार्यालय पेरिसडाँडा पुगी सो पार्टीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको परिवारजन र एनेकपा (माओवादी)का नेताहरुलाई समवेदना व्यक्त गरेका छन् ।
हृदयघात र मस्तिष्कघातपछि बेहोस हुनुभएका एमाओवादीका उपाध्यक्ष बोगटीको राजधानीको नर्भिक अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको थियो ।

प्रधानमन्त्री कोइरालाले निर्धारित समयमा संविधान जारी गर्न आयोजित बैठकहरुमा सक्रियतापूर्वक सहभागी भइरहेका बोगटीलाई अकस्मात् हृदयाघात भएको खबरले आफू दुःखी भएको बेला निधनको खबर सुन्नु पर्दा मर्माहत भएको बताए । उनले अत्यन्त मिलनसार, मृदुभाषी र लचिलो नेताको पहिचान स्थापित गर्नुभएका बोगटीको निधनले परिवार, एमाओवादी पार्टी र सिङ्गो राष्ट्रलाई नै अपूरणीय क्षति पुगेको बताए ।


  •  
  •  
  •