प्रधानमन्त्रीसँग को को?

293
  •  
  •  
  •  

काठमाडौं २८ भदौ ।
प्रधानमन्त्री सुशील कोइराला दुई साता लामो अमेरिका र युरोप भ्रमणमा जाँदैछन्। उनी असोज ३ गते २२ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क प्रस्थान गर्नेछन्।

टोलीमा प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, विदेश मामिला सल्लाहकार दिनेश भट्टराई, जनसम्पर्क सल्लाहकार मृदुला कोइराला, कामु परराष्ट्र सचिव शंकर वैरागी, प्रेस संयोजक प्रकाश अधिकारी, सुरक्षा सहयोगी प्रकाश देउजा र महेन्द्र मरासैनी, शिष्टाचार महापाल, युएन महाशाखाप्रमुख रहनेछन्।
न्युयोर्कमा आयोजना हुने राष्ट्रसंघीय वातावरण सम्मेलनमा असोज ७ गते प्रधानमन्त्री कोइरालाको सहभागिता रहनेछ। अमेरिकाबाट बेल्जियम भ्रमणमा निस्केपछि प्रधानमन्त्री कोइराला असोज १७ गते स्वदेश फर्किने कार्यक्रम छ। नागरिकबाट


  •  
  •  
  •