प्रधानमन्त्रीको बेडरुमबाट १२ लाख चोरी

69
  •  
  •  
  •  

काठमाडौं २२ भदौ ।
प्रधानमन्त्री सुशील कोइरालाको बेडरुमबाट झन्डै १२ लाख रुपैयाँ चोरी भएको छ । सहयोगीमध्येबाटै चोरी भएको थाहा भएपछि करिब तीन महिनाअघिको घटना गुपचुप नै राखिएको छ ।
विश्वस्त स्रोतका अनुसार कोइरालाको महाराजगन्जस्थित निवासबाट रकम चोरी भएको हो । प्रधानमन्त्री भएपछि सरकारी निवास बालुवाटार बसाइँ सरे पनि कोइरालाले त्यसअघि बस्दै आएको घर छाडेका थिएनन् । अधिकांश सामान पुरानै निवासमा थिए । सुरक्षाकर्मी पनि घरमा तैनाथ नै थिए, तर पनि चोरी भएको छ ।
गत जेठको दोस्रो सातातिर प्रधानमन्त्री कोइराला सुत्ने कोठामा रहेको दराज फोडेर करिब १२ लाख रुपैयाँ चोरिएको हो । चोरी गरिसकेपछि दराजको लक पुनः बनाइएको थियो । ‘सुशील’दाले अप्ठ्यारो पर्दा चाहिन्छ भनेर राखेको पैसा दराज फोडेर चारिएको रहेछ,’ स्रोतले भन्यो ।
घरको साँचो सहयोगीहरुका हातमा हुने गरेपनि दराजको साँचो भने कोइरालाले नै राख्ने गरेका थिए । आफ्नो दराजको लक फोडेर पैसा हराएको खबर भने कोइरालाले आफू अमेरिका उड्नुअघि मात्र थाहा पाएका थिए । त्यसपछि आफ्ना नजिकका सहयोगीलाई पठाएर दराज हेर्न लगाई चोरी भएको पुष्टि भएको थियो ।
नयाँपत्रिका


  •  
  •  
  •