प्रधानमन्त्री कोइराला केही अस्वस्थ, केही आराम गर्दै

63
  •  
  •  
  •  

काठमाडौं २१ साउन (ओएनएस) : उपचारबाट फर्के लगत्तैको धपेडीले प्रधानमन्त्री सुशील कोइराला केही अस्वस्थ भएका छन् । खोकी, ज्वरोलगायतका समस्या देखिएपछि केहीदिन पूर्ण आराममा रहने भएका छन् । उनले दुईदिनसम्मका औपचारीक कार्यक्रम र भेटघाट स्थगित गरेका छन् । प्रधानमन्त्रीमा देखिएको टयुमर लाइसिस सिन्ड्रोमको सबैभन्दा नराम्रो असर मुटूको चाल नियमित हुन नसक्नु रहेको जनाउँदै आराम गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन् । प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले प्रधानमन्त्री अस्वस्थ नभएको तर चिकित्सकको सल्लाह अनुसार आराम गर्नुपर्ने देखिएको बताए । उनले औपचारीक कार्यक्रम स्थगन गरेको बताए । न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरवाट उपचार गराएर मुलुक फर्किएसंगै कोइरालालाई भीडभाडमा नजान र बढी व्यक्तिसँग हिमचिम नगर्न चिकित्सकले सल्लाह दिएका थिए ।


  •  
  •  
  •