सहमतीय सरकारको गृहकार्यमा प्रधानमन्त्री

378
  •  
  •  
  •  

काठमाडौं २७ फागुन ।
प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिने गृहकार्य थालेका छन् । कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई टेलिफोन गरी बधाई दिँदै अब सरकारमा सहभागी हुने विषयमा सामान्य छलफल गरेका छन् । ‘प्रधानमन्त्रीज्यूले सभापतिमा देउवा निर्वाचित हुनासाथ मंगलबार बिहान टेलिफोन गरी बधाई दिनुभयो,’ प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भने, ‘केन्द्रीय समितिको सबै परिणाम नआइसकेको र बधाई दिँदा नै राजनीतिक सबै कुरा हुने भएन, अब उहाँहरूबीच थप छलफल हुनेछ ।’

राष्ट्रिय सहमतिको सरकारको पक्षमा प्रचण्ड

सत्तारुढ दल एमाओवादीका अध्यक्ष तथा सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि अब राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने बताएका छन् । सहमतिको सरकारमा कांग्रेस पनि सहभागी हुनुपर्ने प्रचण्डको भनाइ छ । चितवनमा मंगलबार आयोजित एक कार्यक्रममा प्रचण्डले राष्ट्रिय सहमतिको सरकारबाट कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवासँग छलफल हुने बताए । उनले भनेका थिए, ‘म काठमाडौं फर्किएलगत्तै शेरबहादुरजीलाई भेटेर बधाई दिन्छु, त्यसक्रममा उहाँसँग राष्ट्रिय सहमतिको सरकार गठन गर्ने विषयमा कुरा गर्नेछु ।’
नयाँपत्रिकाबाट


  •  
  •  
  •