मनिषाको साथ पाएपछि मुस्कुराए प्रधानमन्त्री

434
  •  
  •  
  •  

काठमाडौं, २५ असार (ओएनएस)  – अमेरिकामा उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइराला हर्षित मुद्रामा देखिएका छन् । चर्चित बलिउड अभिनेत्री एवं कोइराला परिवारकी सदस्य मनिषा कोइरालासंग खिचेको फोटोमा कोइराला हर्षित देखिएकी छन् ।

कोइराला परिवारकी सदस्य मृदुलाले सार्बजानिक गरेको तश्वीरमा प्रधानमन्त्री कोइराला केही हर्षित देखिएका छन् । कोइरालाले स्टाटसमा लेखेकी छन, ‘सुशील दा इन्जोएड ।’ यसअघिको फोटोमा कोइराला केही निराश देखिएका थिए ।

फोक्सोमा क्यान्सरको संक्रमण देखिएपछि प्रधानमन्त्री कोइरालाले अमेरिकाको अस्पतालमा उपचार गराइरहेका छन् । कोइरालाको रेडियो थेराथी आज सकिदैछ ।


  •  
  •  
  •