प्रधानमन्त्रीको उपचारमा एक करोड ६२ लाख खर्च

91
  •  
  •  
  •  

 

koirala
koirala

काठमाडौं ३ असोज । अमेरिकी अस्पतालमा प्रधानमन्त्री सुशील कोइरालाको उपचार गर्दा राज्यकोषबाट एक करोड ६२ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जान लागेका प्रधानमन्त्रीले न्युर्योकको अस्पतालमा फलोअप उपचार गराउनेछन् । यसको खर्च पनि राज्यले नै तिर्नेछ ।

प्रधानमन्त्रीको फोक्सोमा क्यान्सर देखिएपछि गत असारमा उनलाई अमेरिकाको न्युयोर्कस्थित स्लोन केटरिङ क्यान्सर अस्पताल लगिएको थियो । त्यहाँ रेडियोथेरापीबाट उनको उपचार भएको थियो । आठ वर्षअघि जिब्रोमा क्यान्सर देखिएपछि उनी हरेक वर्ष सो अस्पताल जाँदै आएका छन्
उपचारमा खर्च भएको एक करोड ४३ लाख ३८ हजार आठ सय ४५ रुपैयाँको बिल अस्पतालले नेपाल सरकारको नाममा पठाएको थियो । अर्थ मन्त्रालयले परारष्ट्र मन्त्रालयमार्फत भुक्तानी दिएको छ । ‘प्रधानमन्त्ती अमेरिका जाँदा असारमा १९ लाख १६ हजार दुई सय दिएका थियौं,’ अहिले असपतालको बिल आएपछि एक करोड ४३ लाख निकासा दिएका छौं ।’ अर्थ मन्त्रालय स्रोतले भन्यो ।

मन्त्रिपरिषदको गत २९ जेठको बैठकले प्रधानमन्त्रीलाई उपचारका लागि अमेरिका पठाउने र खर्च सबै व्यहोर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयका आधारमा प्रधानमन्त्रीले उपचार खर्चको रकम निकासा गरिएको हो ।
नयाँपत्रिकाबाट


  •  
  •  
  •