प्रधानमन्त्री कोइरालाको स्वास्थ्य सामान्य

192
  •  
  •  
  •  

काठमाडौं, २३ साउन .(ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य सामान्य रहेको उनका निजी चिकित्सक प्रा डा. करवीरनाथ योगीले जानकारी गराएका छन् । डा. योगीले शुक्रवार एक विज्ञप्ति प्रकाशित गरी कोइरालाको अबस्था सामान्य रहेको बताएका हुन् ।

अमेरिकाबाट स्वास्थ्योपचार गरी फर्केपछि प्रधानमन्त्री कोइरालाको विशेषज्ञ चिकित्सकको टोलीले तीन पटक सिटी स्क्यानलगायत विभिन्न परीक्षण गरेर हेर्दा स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको स्वास्थ्यमा हाल देखिएको खोकी र मन्द ज्वरो रेडियो थेरापीका कारणले भएको हुन सक्ने चिकित्सकको राय रहेको र थप परीक्षण भैरहेको समेत जनाइएको छ ।

फोेक्सोमा सेतो दाग देखिएपछि प्रधानमन्त्री कोइरालाले अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उच्चप्रविधिबाट पाँच पटक रेडियो थेरापी दिएर उपचार गरिएको थियो । यसअघि प्रधानमन्त्रीको स्वास्थ्य अबस्थाका कारण मन्त्रीपरिषद बैठक बालुवाटारमा बसेको भन्ने खबर सार्बजानिक भएको थियो ।


  •  
  •  
  •