भूकम्प पीडितहरुको अवस्था बुझ्न प्रधानमन्त्री गोरखा

206
  •  
  •  
  •  

काठमाडौं २ पुस (ओएनएस) प्रधानमन्त्री केपी शर्मा ओली भूकम्प पीडितहरुको अवस्था बुझ्न गोरखा गएका छन् । बिहान नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्त्री गोरखा पुगेकमा हुन् ।  प्रधानमन्त्री ओलीले बारपाक, छेकम्पार र केरौंजा गाविस पुगेर पीडितहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

प्रधानमन्त्री ओली हेलिकप्टरबाट बारपाक पुग्ने र त्यसपछि चीनको तिब्बतसँग सिमाना जोडिएको छेकम्पार गाविस पुग्ने उनले बताए । बारपाक बैशाखे भूकम्पको केन्द्रबिन्दु हो । प्रधानमन्त्रीको भ्रमणलाई मध्यनजर गर्दै गोरखाको सुरक्षा व्यवूस्था कडा पारिएको छ ।  यसअघिका भ्रमणमा सरकारी उच्च् अधिकारी, दलका नेताले प्रतिवद्धता पुरा गरेपनि कार्यान्वयन नभएको पीढितको गुनासो रहेको छ ।


  •  
  •  
  •