प्रधानमनन्त्री अब सिंहदरवारमा भेटिने

61
  •  
  •  
  •  

काठमाडौं, ३ भदौ (ओएनएस) : प्रधानमन्त्री सुशील कोइराला लामोसमयपछि मंगलवारबाट सिंहदरवार जादैछन् । अमेरिकाबाट उपचार गराई फिर्ता भएपछि औपचारिक भेटवार्ता समेत नगरेका प्रधानमन्त्री कोइरालाले सोमवारदेखि आफ्नो सक्रिय भएका हुन् ।

सोमवार व्यवस्थापिका संसद गएका प्रधानमन्त्री कोइराला मंगलवारदेखि प्रधानमन्त्री कार्यालय सिंहदरवार जाने कोइरालाको निजी सचिवालयले जनाएको छ ।
उचारपछि अमेसरकाबाट फिर्ता भएपछि मन्त्रीपरिषदका बैठक पनि बालुवाटारमा बसेका थिए भने प्रधानमन्त्री कोइराला विश्राममा बसेका थिए । कोइराला सोमवार दिनभर भेटघाटमा व्यस्त थिए भने मंगलवारसमेत भेटघाटलाई निरन्तरता दिएका छन् ।


  •  
  •  
  •