प्रधानमन्त्री कोईराला अमेरिका प्रस्थान

117
  •  
  •  
  •  

काठमाडौं ३ असोज (ओएनएस) : प्रधानमन्त्री सुशील कोईराला अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ६९ औं महासभामा भाग लिन प्रधानमन्त्री कोईराला शुक्रबार न्यूयोर्क प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री कोईराला आज संयुक्त अरब ईमिरेट्सको अवुधाबीमा बस्नेछन् । भोली आवुधाबीमा रहेको नेपाली राजदूतावासमा पश्चिम एसिया र उत्तरी अफ्रिकामा कार्यरत नेपाली कुटनीतिक नियोगका प्रमुखसँग भेटघाटको कार्यक्रम छ ।

स्थानीय समय अनुसार आईतबार  १ बजे प्रधानमन्त्रीको टोली आबुधावीबाट न्यूयोर्कका लागि प्रस्थान गर्ने छ । प्रधामन्त्री अमेरिकामा रहँदा स्वास्थ्य उपचार पनि गराउनेछन् । प्रधानमन्त्रीको टोली असोज १६ गते नेपाल फर्कने कार्यक्रम छ । संसदको गतिरोध नखोली अमेरिका जान लागेको भन्दै विपक्षीले चर्को विरोध गरेका थिए ।


  •  
  •  
  •