प्रधानमन्त्रीले भने–प्रदेश र सङ्घको निर्वाचनको मिति छिट्टै घोषणा हुन्छ

70
  •  
  •  
  •  

PM-Deuba-

काठमाडौं, ६ साउन (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघको निर्वाचन छिट्टै घोषणा गरिने बताएका छन् ।

उनले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन अपरिहार्य भएकाले प्रदेश र संघको निर्वाचन मिति छिट्टै घोषणा हुने बताए ।

बिपी कोइरालाको ३५औं स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानले निर्धारण गरेको समय सीमाभित्रै तीनवटै तहको निर्वाचन सम्पन्न गरिने स्पष्ट पारे ।

उनले स्थानीय तह अन्तर्गतका दुई चरणका निर्वाचन सम्पन्न भइसकेको र तेस्रो चरणको बाँकी रहेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले प्रदेश र संघको निर्वाचनका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको बताए । उनले तीनै तहका निर्वाचन सम्पन्न भएमा मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हुने धारणा राखे ।


  •  
  •  
  •