संविधान संशोधन आन्तरिक मामला, कसैसंग सम्झौता हुँदैन : प्रधानमन्त्री

137
  •  
  •  
  •  

deuba-1

काठमाडौं, १२ भदौ (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधान संशोधनलगायतका बारेमा अन्तराष्ट्रिय जगतलाई जानकारी गराउनु कुनै अस्वभाविक नभएको बताएका छन् ।

सोमबार बसेको संसद बैठकमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री देउवाले देशको राष्ट्रिय एजेण्डालाई अन्तराष्ट्रिय जगतलाई जानकारी गराउनुलाई अन्यथा मान्न नसकिने बताएका हुन् । संविधान संशोधन नेपालको आन्तरिक मामिला भएकाले कसैसंग सम्झौता हुन नसक्ने प्रष्ट पारे ।

संविधान संशोधनबारे आफूले भारतमा बोलेका विषयमा केही राजनीतिक दल तथा सञ्चार माध्यममा उठेका कुराहरुले आफ्नो ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री देउवाले आफूले आन्तरिक विषयमा भारत कुनै सम्झौता नगरेको बताए । ‘भ्रमणका बेला मैले संविधान संशोधनमा बोलेको छु’, उनले भने,‘त्यस विषयलाई लिएर भएका टिकाटिप्पणीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। संविधान संशोधनका विषयमा कसैसँग सम्झौता गरेको छैन । र, हुन पनि सक्दैन ।’

उनले भने,  ‘संविधान कार्यान्वयन हाम्रो प्रमुख एजेण्डा हुन्’ उनले भने, राष्ट्रिय एजेण्डाबारे राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनुलाई नाजाय भन्न सकिँदैन।’

आफ्नो भारत भ्रमणले दुई देशबीच विश्वासका साथै सम्बन्ध सुदृढ गराउन मद्दत पुगेको बताए । उनले भारतले समृद्ध नेपाल हेर्न बताउँदै उनले नेपालमा निर्वाचन सफलताका साथ सम्पन्न भएकोमा सफलताको कामना गर्दै बधाइ तथा शुभकामना दिएको संसदलाई जानकारी गराए ।


  •  
  •  
  •