प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सहमती खोज्दै देउवा

129
  •  
  •  
  •  

Photo: THT

काठमाडौं, ३२ साउन (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने तयारीमा लागेका छन् ।

निर्वाचनको मिति तोक्ने विषयमा प्रधानमन्त्री देउवाले आज प्रमुख तीन दलका नेताहरुसंग छलफल गर्न जुटेका छन् । निर्वाचन आयोगले हिजो मात्रै मंसिर पहिलो सातामै निर्वाचनको मिति तोक्न आग्रह गरेपछि प्रधामन्त्री देउवाले आजनै शीर्ष नेतासँग छलफल अगाडि बढाएका हुन् ।

छलफलमा प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने विषयमा सहमति खोजिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शीर्ष नेताहरुबीच सहमति भए निर्वाचन आयोगसंग परामर्श गरी प्रतिनिधिसभा निर्वाचनको मिति तोकिने छ ।


  •  
  •  
  •