प्रधानमन्त्री देउवा कञ्चनपुरमा

69
  •  
  •  
  •  

काठमाडौं । सुदूरपश्चिमस्थित बाढीपहिरो र डुबान क्षेत्रको अनुगमनमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा कञ्चनपुर पुगेका छन्।

कैलाली सदरमुकाम धनगढीबाट शुक्रबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगर पुगेर देउवा अनुगमनमा निस्किएका हुन्।
प्रधानमन्त्री देउवा बिहीबार बेलुकी कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका पुगेर धनगढी फर्किएका थिए।

महेन्द्रनगर पुगेर उनले महाकाली नदीमा निर्माणाधीन पक्की पुल जोड्ने सम्पर्क सडक भाइरल रोड कटानको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा भीमदत्त नगरपालिका–१२ का अध्यक्ष कृष्ण देउवा र १३ का अध्यक्ष लालबहादुर शाहीले प्रधानमन्त्री देउवालाई तटीय क्षेत्रको समस्या र ६ लेन सडक कटानबारे ‘ब्रिफिङ’ गरेका छन्।

अध्यक्षद्वय अध्यक्षले ५० मिटर लामो ६ लेन सडक कटानी हुनुमा ठेकेदार कम्पनीको लापरवाही र डिजाइनमा भएको गडबडीबारे सरकारले छानबिन गर्नुपर्ने माग गरेका थिए। तर, प्रधानमन्त्री देउवाले त्यसबारे केही बोलेनन्।

उनले काठमाडौं फर्केपछि राहत प्याकेजको व्यवस्था गर्ने दोहोर्‍याए । भाइरल रोडमा प्रधानमन्त्रीले दुई मिनेट आश्वासन मन्तव्य राखेका थिए।


  •  
  •  
  •