सशस्त्रलाई प्रधानमन्त्री कपको उपाधि

203
  •  
  •  
  •  

काठमाडौं । सशस्त्र प्रहरीले नेपाल पुलिस क्लवलाई पराजित गर्दै प्रधानमन्त्री कप टि–२० प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको प्रतिस्पर्धात्मक फाइनलमा पुलिसमाथि सशस्त्रले २१ रनले पराजित गर्दै जित हासिल गरेकाे हाे ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाउन सफल भएकाे हाे ।

पहिलो बलमै विकेट गुमाएको पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेका थिए । पुलिसको बलिङमा दिपेन्द्र सिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिंदै उत्कृष्ट प्रदर्शन गरे । यस्तै, गुलसन झाले २ विकेट लिए भने योगेन्द्रसिंह कार्की र आरिफ शेखले १–१ विकेट लिए । प्रतियोगिताको विजेता टोलीले पाँच लाख र उपविजेताले तीन लाख प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ३० हजार तथा उत्कृष्ट ब्याटर र बलरले समान २०–२० हजार पाउनेछन् । सेमिफाइनलबाट बाहिरिने टोलीले ५०–५० हजार रुपैयाँ पाउनेछन् ।


  •  
  •  
  •