प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि प्रदेश १ लाई

61
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री कप टी ट्वान्टी राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको उपधि प्रदेश नम्बर १ ले हात पारेको छ । एपिएफलाई ६ रनले पराजित गर्दै प्रदेश नम्बर १ ले उपाधि जितेको हो।

प्रदेश नम्बर १ ले दिएको १०६ रनको लक्ष्य पछ्याएको एपिएफले पूरा २० ओभर खैल्दै ७ विकेट जाँदा ९९ रन मात्र बनाउन सक्यो। ३० बलमा ३६ रन चाहिएको अवस्थामा बढेको एपिएफले अन्तिम ६ बलमा १३ रन बनाउनुपर्ने चुनौतीसम्म पुगेको थियो। जहाँ प्रदेश नम्बर १ ले सम्हालिएको बलिङ गर्दै उपाधि जितेको छ। उपाधिसँगै प्रदेश नम्बर १ ले पाँच लाख रुपैयाँ पाउनेछ।

 


  •  
  •  
  •