प्रधानमन्त्रीले फोन गरेर दिए बधाइ

118
  •  
  •  
  •  

काठमाडौं, १३ कात्तिक (ओएनएस) : प्रधानमन्त्री सुशील कोइरालाले डिभिजन तीनको उपाधि जितेकोमा नेपाली टोलीलाई बधाइ दिएका छन् ।

मलेसियामा रहेको नेपाली टोलीका कप्तान पारस खड्कालाई फोन गरेर बधाई दिएका हुन् ।
परिणाम आए लगत्तैै प्रधानमन्त्री कोइरालाले नेपाल सरकार, नेपाली जनता र आफ्नो व्यक्तिगत तर्फबाट नेपाली क्रिकेट टिम, सबै खेलाडी र प्रशिक्षकलाई बधाई दिएका हुन् ।

नेपाली टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले डिभिजन तीनको उपाधि रक्षा गर्नु खुशीको कुरा भएको बताए ।
डिभिजन तीनको उपाधि जितेको नेपालले जनवरी तेस्रो साता नामिबियामा डिभिजन दुईको प्रतियोगिता खेल्नेछ ।

प्रतियोगितामा शीर्ष दुईमा रहने टोलीले चार दिवसीय इन्टर कन्टिनेन्टल कप र एकदिवसीय स्वरूपको आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप खेल्नेछन् । डिभिजन च्याम्पियनसिपबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने टोलीको टुंगो लाग्नेछ ।


  •  
  •  
  •