आजदेखि पाठ्यपुस्तक बाड्न प्रधानमन्त्री र मन्त्री खटिने

182
  •  
  •  
  •  

काठमाडौं ५ बैशाख (ओएनएस) :
सरकारले आजदेखि पाठ्यपुस्तक बाड्ने भएको छ । सरकारले आजदेखि बैशाख १५ गतेसम्म देशभरका सरकारी विद्यालयमा अध्ययनरत करिब ५९ लाख ९५ हजार ७ सय १५ विद्यार्थीको हातमा निःशुल्क पाठ्यपुस्तक वितरण गर्ने भएको छ । त्यसका लागि प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू विद्यालय जाने कार्यक्रम तय गरिएको छ । हरेक बर्ष पाठ्यपुस्तकको अभावका कारण सरकारले आलोचना खेप्नुपरेपछि सरकारले यो वर्षदेखि १० दिनसम्म पाठ्यपुस्तक वितरण गर्ने घोषणा गरेको हो ।

प्रधानमन्त्रीदेखि सबै मन्त्री र शिक्षा मन्त्रालय मातहतका निकायका प्रमुख सहसचिवहरू जिल्ला जाने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले पाठ्यपुस्तक वितरण अभियानलाई सहयोग गर्न सार्वजनिक अपिल गरेलगत्तै प्रधानमन्त्रीदेखि सबै मन्त्रीहरू जिल्ला पुगेर पाठ्यपुस्तक बाड्नेछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं, उपप्रधान तथा रक्षा मन्त्री भीम रावल डडेल्धुरा र अछाम, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा हेटौंडा, श्रम तथा रोजगार मन्त्री दीपक बोहरा बुटवल, खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंह पोखरा जाने हुनुभएको छ। शिक्षा मन्त्रालयले १७ वटा जिल्लामा प्रम, उपप्रम र मन्त्रीलाई पठाउने निर्णय गरेको छ । मन्त्रीहरु १५ गतेभित्र आफूले रोजेको जिल्लामा जान पाउनेछन् ।


  •  
  •  
  •