संविधान जारी नहुँदासम्म सरकार छोडदिन : प्रधानमन्त्री

46
  •  
  •  
  •  

काठमाडौं २ कात्तिक (ओएनएस) : प्रधानमन्त्री सुशील कोईरालाले संविधान जारी नभएसम्म कुनै हालतमा सरकार नछोड्ने बताएका छन् ।

संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईसँगको भेटमा प्रधानमन्त्री कोईरालाले माघ ८ मा संविधान जारी भयो भने आफैंले सरकार छाड्ने बताएका थिए । प्रधानमन्त्री कोइरालाले शर्त अघि सार्दै भने, ‘तर सहमति पनि नगर्ने, माघ ८ मा संविधान पनि जारी नगर्नेतिर जाने हो भने दलहरुलाई म पनि संविधान नबनाइकन कुनै पनि हालतमा सरकार नछाड्ने कुरा स्पष्ट पार्छु ’प्रधानमन्त्रीले सभापति भट्टराईलाई भनेको विषय उल्लेख गर्दै भट्टराईको सचिवालयले निकालेको विज्ञप्तिमा छ ।

प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेको सभापति भट्टराईले संवाद समितिले आयोजना गर्न लागेको निर्णायक वार्तामा सक्रिय सहभागिताका लागि आग्रह गरेका थिए । विहान झण्डै ४५ मिनेट भएको भेटवार्ताका क्रममा सभापति भट्टराईले संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि कात्तिक ४ र ५ गते निर्णायक वार्ताको आयोजना गरिएको जानकारी दि“दै प्रधानमन्त्रीको सक्रिय सहभागिताका लागि र सहमति निर्माणका लागि भूमिका खेलिदिन पनि आग्रह गरेको भट्टराईको सचिवालयले जनाएको छ ।

सभापति भट्टराईले संविधान बनाउने ‘अन्तिम पहलस्वरुप’ संवाद समितिले निर्णायक वार्ताको आयोजना गर्न लागेको जानकारी गराएका थिए ।


  •  
  •  
  •