प्रश्न,‘सदन कहिले खुल्छ प्रधानमन्त्री ज्यू ?’

74
  •  
  •  
  •  

काठमाडौं, २६ भदौ (ओएनएस) विगतमा भएको ४ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै एकीकृत नेकपा माओवादी र मधेसवादी दलले आज पाँचौ पटक पनि संसद बैठक अवरुद्ध गरे ।

आजको बैठकमा विपक्षीले सहमति कार्यान्वयनका सरकारले औपचारिक तथा अनौपचारिक लगायत कुनै पहल नगरेको आरोप लगाए । लगातार संसद् अवरुद्ध हुँदा बजेट समेत पारित हुन सकेको छैन । यसै विषयमा पत्रकारले प्रतिकृया लिदा प्रधानमन्त्री सुशील कोइरालाले गतिलो जवाफ दिएनन् । बैठकबाट बाहिरिदै गर्दा संसद अवरोध कहिले खुल्छ भन्ने पत्रकारको जिज्ञासामा कोइरालाले भने,‘छलफल भईरहेको छ ।’

फेरि पत्रकारले जवाफ तेर्साए–विपक्षीले त सरकारले वेवास्ता ग¥यो भन्ने आरोप लगायो नी कहिलेसम्म सदन खुलाउने प्रयास हुन्छ ? त्यसपछि प्रधानमन्त्री कोइरालाले भने,‘कहिले खुल्छ भन्ने अब खुलेपछि थाहा पाउनुहुन्छ ।’ त्यसपछि प्रधानमन्त्री आफ्नो गाडीमा चढे । संविधानसभा चुनाव बाहिष्कार भएको भन्दै एकीकृत माओवादी संविधानसभाभित्र नजाने धम्की दिएपछि मुख्य दलबीच ४ बुँदे सहमति भएको थियो ।

जसमा शान्ति प्रकृयाका बाँकी काम पुरा गर्न शिर्ष नेता रहने गरि समिति बनाउने, सत्य निरुपण तथा मेलमिलाप आयोग गठन अगाडी बढाउने, धाँदली भएको भनिएको चुनावको संसदीय छानविन गर्ने लगायतका सहमति भएको थियो ।


  •  
  •  
  •