‘चरी’का विषयमा प्रधानमन्त्रीको चासो

59
  •  
  •  
  •  

काठमाडौं, २७ साउन (ओएनए) : प्रधानमन्त्री सुशील कोइरालले मुलुकको शान्ति सुरक्षाको स्थितिबारे प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग छलफल गरेका छन् । मंगलवार विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मुलुकको शान्ति सुरक्षा, रिक्त रहेका अतिरिक्त प्रहरी महानिरीक्षको नियुक्ती, प्रहरी कारवाहीमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी चरीका विषयमा छलफल भएको छ ।

छलफलमा प्रधानमन्त्री कोइरालाले मुलुकको शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेश सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिए ।

स्रोतका अनुसार प्रधानमन्त्रीले प्रहरी कारवाहीमा मारिएका भनिएका अधिकारीका विषयमा चासो व्यक्त गरेका थिए । कोइरालाले अधिकारी प्रहरी कारवाहीमा मारिएका हुन वा हत्या गरिएको भन्ने प्रश्न गरेका थिए । जवाफमा महानिरीक्षक अर्यालले प्रहरी कारवाहीमा उनको मृत्यु भएको बताएका थिए । अर्यालले प्रहरी आफ्नो दायित्व पुरा गर्न सक्षम रहेको जानकारी गराएका थिए ।


  •  
  •  
  •