कोरोना भाइरससँग लड्न प्रधानमन्त्री ओलीका ५ ‘हेल्थ टिप्स’

930
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस लगायत महामारी र रोगसँग लड्न पाँचवटा हेल्थ सम्बन्धी ‘हेल्थ टिप्स’ दिएका छन् । सोमबार साँझ राष्ट्रका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले महामारीसँग लड्न घरेलु उपायहरु दिएका हुन् ।

हेर्नुहोस् यस्ता छन् ५ वटा टिप्सहरु

 – पहिलो, यस महामारीसँग लड्दै निरोगी नेपाल निर्माणमा आफूलाई तयार राख्न उपलब्ध आहारलाई स्वच्छ र सन्तुलित बनाऔं ।

– दोस्रो, लकडाउनको समयमा उपलब्ध फुर्सदलाई स्वस्थ रहन उपयोग गरौं । शारिरीक र स्वास प्रस्वासको चुस्तताको लागि घरैभित्र व्यायामलाई निरन्तरता दिऊँ ।

तेस्रो, भाइरस फोहरमा रमाउँछ, आफ्नो शरीर र बासस्थान दुबैको सरसफाईमा एकदमै ध्यान दिऊँ ।

चौथो, स्वस्थ रहनका लागि पर्याप्त आराम आवश्यक छ, यसमा ध्यान दिऊँ ।

– पाँचौं, उच्च मनोबल कायम राखौं । भय र त्रास, चिन्ता र आशंकाले रोग–व्याधीका विरुद्धको लडाईँमा कमजोर तुल्याउँछ । नभुलौं, हरेक चुनौतीको सामना गरेर नै मानवजाति आजको स्थानमा आइपुगेको हो । औषधि र अस्पताल नै नभएको बेलामा समेत अनेकन महामारीहरूको सामना गरेर अघि बढेको छ । सकारात्मक सोच राखौं …..


  •  
  •  
  •