प्रधानमन्त्री स्वदेश फर्किएपछि २६ सभाासद मनोनित गर्ने

298
  •  
  •  
  •  

काठमाडौं, २ साउन (ओएनएस) सरकारले प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्किने वित्तिकै २६ समासद मनोनयन गर्ने तयारी गरेको छ । जसलागि सत्तारुढ दलले आफ्नो भागमा परेका सभासदको नाम समेत तयार पारेको एक मन्त्रिले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री स्वदेश फर्केपछि संविधान निर्माणमा दखिएका असहजता, संविधानसभा बाहिर रहेका दलसँग छलफल र २६ सभासद मनोनय प्रक्रिया अगाडिa बढाइने छ ।
स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद बैठकले भे २६ सभासदको टुंगो लगाउने र प्रधानमन्त्री स्वदेश फर्किएपछि मनोनयन गर्ने तयारी भएको छ । हालसम्म सत्तारुढ दलले संभावित नामका विषयमा सहमति गरिसकेको र एमाओवादीले पनि नाम सिफारिस गरेपछि मनोनयन प्रक्रिया अगाडि बढाइएने भएको छ । यसैगरी प्रधानमन्त्री कोइराला स्वदेश फर्किएपछि विभिन्न ंसंवैधानिक निकायमा रिक्त पदमा नियुक्ती प्रक्रिया अगाडि बढाउने तयारी भएको छ ।


  •  
  •  
  •