प्रधानमन्त्री ओली भारत प्रस्थान

352
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा भाग लिन बिहीबार नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

नेपाल एयरलाइन्सको जहाजबाट प्रधानमन्त्री ओली दिल्ली प्रस्थान गरेका हुन् ।  प्रधानमन्त्रीको साथमा पत्नी राधिका शाक्य, परराष्ट्र सल्लाहकार डा.राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य लगायत दिल्ली प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्री ओली शपथ ग्रहण समारोह सकिएलगत्तै भोलि जेठ १७ गते साँझ ५.३० बजे स्वदेश फर्किने कार्यक्रम छ ।


  •  
  •  
  •