प्रधानमन्त्री अर्को साता आउने

775
  •  
  •  
  •  

काठमाडौं, २७ असार (ओएनएस) अमेरिकामा स्वास्थ्य उपचार पुरा गरेका प्रधामन्त्री सुशील कोइराला अर्को साता स्वदेश फर्कने भएका छन् ।

राष्ट्रसंघका लागि न्युयोर्कस्थित स्थायी नियोगले बिहीवार जारी गरेको विज्ञप्ती अनुसार प्रधामन्त्रीको उपचारमा संलग्न चिकित्सकसँग एक\ दुई दिनमै अन्तिम परामर्श गरेपछि फर्कने दिन तय हुनेछ ।

अमेरिकाको न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा प्रधानमन्त्री कोइरालाको बुधवार अन्तिम रेडियोथेपारी सकिएको थियो । स्थायी नियोगका अनुसार कोइरालाले तीन महिनापछि पुनः स्वास्थ्य परीक्षण गर्नुपर्नेछ ।

अहिले प्रधानमन्त्री कोइरालाको स्वास्थ्य राम्रो भएको निजी चिकित्सक करवीरनाथ योगली जनकारी दिएका छन् । नेपाली कांग्रेसले प्रेस विज्ञप्ती जारी गरी प्रधानमन्त्री कोइराला एक सातापछि स्वदेश फर्कने जनाएको छ । फोक्सोमा दाग देखिएपछि प्रधानमन्त्री कोइराला असार २ गते उपचारकालागि अमेरिका गएका थिए ।


  •  
  •  
  •