मधेसी मोर्चालाई वार्तामा बोलाए प्रधानमन्त्री प्रचण्डले

305
  •  
  •  
  •  

काठमाडौं, १६ माघ (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनको माग गर्दै आएको मधेसी मोर्चालाई वार्तामा बोलाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमबार विहान ९ बजेका लागि मधेसी मोर्चालाई वार्तामा बोलाएका हुन् ।

प्रमुख प्रतिपक्षी एमालेसहितका दल र सत्तारुढ दल कांग्रेस निर्वाचनको मिति घोषण गर्नुपर्ने दबाब दिइरहेको र मधेसी मोर्चाले संशोधन पश्चातमात्र निर्वाचन घोषणको माग गर्दै आएका बेला प्रम प्रचण्डले वार्ताका लागि बोलाएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड वैशाखभित्र निर्वाचन गर्ने गरी मिति घोषणा गरिने बताउदै आएका छन् । उनले आइतबार मात्र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई बालुवाटार बोलाएका थिए ।


  •  
  •  
  •