बहुमतिय प्रक्रियाबाट २४ गते नयाँ प्रधानमन्त्री

225
  •  
  •  
  •  

काठमाडौं १८ असोज (ओएनएस) :
दलहरुबीच सहमति नभए बहुमतिय प्रक्रियाबाट प्रधानमन्त्री छान्न संसद सचिवालयले तयारी गरेको छ । तीन वा त्यसभन्दा बढीले उम्मेदवारी दिएर कसैले पनि बहुमत प्राप्त गर्न नसक्ने विशेष अवस्थाबाहेक असोज २४ मा मुलुकले नयाँ प्रधानमन्त्री पाउनगरि तयारी भएको छ । संविधानअनुसार सात दिनभित्र सहमतीय सरकार गठन गर्न राष्ट्रपति रामवरण यादवले गरेको आहवान अनुसारको समयसीमा असोज २१ सम्म छ ।

संविधान निर्माणको निर्णायक प्रक्रियामा एकैस्थानमा उभिएका कांग्रेस, एमाले र एमाओवादीबीचको भद्र सहमति कायम रहेमा पनि नयाँ सरकार गठन बहुमतीय प्रक्रियाबाट मात्रै हुन सक्ने अवस्था छ ।

संसद सचिवालयका सह प्रवक्ता सुदर्शन कुँइकेलले सचिवालयले तयारी गरेको र २२ गते बस्ने संसदमा सहमतिको प्रधानमन्त्री चयन नभए प्रक्रिया अघि बढाउने बताए । कांग्रेस एमाले दुई आकाक्षि देखिएकाले सहमतिको सम्भावना कम देखिन्छ । राजनीतिक सहमतिको सरकार बन्न संसद्मा प्रतिनिधित्व गर्ने ३० दल र दुई स्वतन्त्र सांसदको सहमति आवश्यक पर्छ ।


  •  
  •  
  •