प्लाष्टिक प्रदर्शनी कात्तिक २८ देखि

147
  •  
  •  
  •  

काठमाडौं ,२२ असोज (ओएनएस)  : प्लाष्ट नेपाल फाउन्डेशनले प्लाष्टिक प्रदर्शनी आयोजना गर्ने भएको छ । ‘प्लाष्ट नेपाल २०१४’ नामक सो प्रदर्शनी आगामी कात्तिक २८ देखि काठमाण्डौको भृकुटीमण्डपमा आयोजना हुने बताइएको छ ।

प्रदर्शनी ३ दिनसम्म चल्ने छ । प्लाष्टिकका सामाग्री तथा त्यस सम्वन्धित सेवालाई प्रवद्धन गर्ने र प्लाष्टिक सम्वन्धि सकारात्मक दृष्टिकोणको विकास गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागेको आयोजकले जानकारी दिएको छ ।

प्रदर्शनीमा ६० भन्दा बढी अन्तरराष्ट्रिय र ४० राष्ट्रिय संघसस्थाले भाग लिने बताइएको छ ।

प्रदर्शनीले नेपाली प्लाष्टिक उद्योग क्षेत्रमा रहेका प्रशस्त व्यापारिक अवसरलाई उजागर गर्दै बिदेशी लगानिकर्ताहरुलाई आकर्षण गर्ने आयोजकको अपेक्षा छ ।


  •  
  •  
  •