एसियाडका लागि तेक्वान्दो खेलाडी छनोट

219
  •  
  •  
  •  

काठमाडौँ, १ भदौ : राष्ट्रिय तेक्वान्दो युनियन नेपालले दक्षिण कोरियाको इन्चोन सहरमा हुने १७औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)का लागि आइतबार सात खेलाडी छनोट गरेको छ । आगामी असोज ३ गतेदेखि सञ्चालन हुने उक्त प्रतियोगिताका लागि छनोट हुने खेलाडीमा ५४ केजी तौल समूहमा रवीन अधिकारी, ५८ केजीमा मिनमर लामा, ६२ केजीमा अजयकुमार रिजाल र ६२ केजी तौल समूहमा समनकुमार श्रेष्ठ छन् ।

त्यस्तै, ७४ केजीमा डम्बरबहादुर बोहरा, ८० केजीमा जनकराज पाण्डे र ८७ केजीभन्दा कम तौल समूहमा धीरेन्द्रसिंह कठायत क्षेत्री रहेका छन् । टिम प्रशिक्षकमा भने राजु क्षेत्री छन् ।

नेपालमै भएको विभिन्न राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई छनोट गरिएको तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइरालाले जानकारी दिए । उनले छनोट हुने खेलाडीलाई एसियाड सुरु हुने केही हप्ताअघि कोरियामा वैदेशिक प्रशिक्षणका लागि लैजाने योजना रहेको बताए । तेक्वान्दो युनियनबाट खेलाडीले एसियाडमा भाग लिन लागेको यो पहिलोपटक हो ।


  •  
  •  
  •