प्लाष्ट नेपाल २०१४’ को तयारी पूरा

247
  •  
  •  
  •  

plastnepal_1415856135काठमाडौं .२७ कात्तिक(ओएनएस) : ‘प्लाष्ट नेपाल २०१४’ को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन लागेको  एक्स्पोको स्टल बुकिाङलगायत व्यवस्थापनका तयारी पुरा भएको छ । एक्स्पोको प्लाष्ट नेपाल फाउण्डेशनले आयोजना गर्न लागेको हो ।

नेपालमै पहिलोपटक हुन लागेको गर्न लागेका एक्स्पोमा प्लाष्टिकका उत्पादन,कच्चापदार्थलगायत सामग्री प्रदर्शनमा राखिने बताइएको छ ।

गुणस्तरीय सेवा तथा सामग्रीलाई प्रवद्र्घन गर्ने, नयाँ प्रविधिहरूका बारेमा जानकारी दिने, प्लाष्टिक उत्पादन तथा व्यवसायमा संलग्न व्यवसायीहरूको व्यापार प्रवद्र्घन गर्ने उद्देश्यले बृहत् प्रदर्शनी गर्न लागेको आयोजकले बताएका छन् ।

एक्स्पो नेपालका प्लाष्टिक उद्योगहरूलाई एउटा साझा मञ्च उपलब्ध गराएर राष्ट्रिय एवम् अन्तरराष्ट्रिय बजारका सरोकारवालाहरूबीच सम्बन्ध विस्तार गराउन सहयोगी सावित हुने आयोजकको भनाइ छ । त्यस्तै एक्स्पोले सर्वसाधारणलाई पनि प्लाष्टिकको जिम्मेवारीपूर्वक प्रयोग गर्न प्रेरित गर्ने उद्देश्य राखेको छ ।

३० गतेसम्म चल्ने एक्स्पोमा १ सय ५० भन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रदर्शकहरूको सहभागिता रहने बताइएको छ


  •  
  •  
  •